
यातायात निगरानीका लागि सडकमा राखिने क्यामेरालाई ANPR (Automatic Number Plate Recognition) वा ALPR (Automatic License Plate Recognition) Camera भनिन्छ। यी क्यामेराहरूले आफ्नो अगाडि देखा पर्ने सबै गाडीहरूको नम्बर प्लेट Instant ट्र्याक गर्न सक्छन्। एउटै क्यामेराले प्रति सेकेन्ड सयौं नम्बर प्लेट पढ्न सक्छ।
यी क्यामेराहरूमा High-Resolution Sensors, High-Speed Shutter, Motorized Powerful Zoom, Starlight Sensor, IR LED, पानी र धूलो प्रतिरोध (IP67 rating), WDR आदि जस्ता विशेषताहरू हुन्छन्। मानिसको आँखाले नदेखिने अँध्यारोमा क्यामेरा भएको स्थानमा आफ्नो गाडी आइपुग्दा गाडीको प्रकाश बन्द गरी गाडी चलाएमा पनि यसले नम्बर प्लेट पढ्न भूल गर्दैन। यसले तीव्र गतिमा (अर्थात ३०० कि.मी. प्रति घण्टा) चलिरहेको गाडीको नम्बर प्लेट पनि सहजै पढ्न सक्छ।
गाडीहरू नजिक भएर पछाडिको गाडीको नम्बर प्लेट छेकिने गरी चल्दा समेत Mistake नहोस् भनि क्यामेराहरू दूरी बनाई फरक-फरक Angle मा राखिन्छन् र Multi-Camera प्रविधिको प्रयोग गरिन्छ। क्यामेरा सञ्चालन गर्ने Tracking Software मा कृत्रिम बुद्धिमत्ता (AI) को पनि संयोजन गरिएको हुन्छ।
एउटा आधुनिक ANPR Camera को मूल्य नेपाली रूपैयाँ १ लाख देखि ५ लाख सम्म पर्छ। साथै सफ्टवेयर अलग्गै किन्नुपर्ने हुन्छ, क्यामेरा केवल “आँखा” हो भने सफ्टवेयर नै “दिमाग” हो। क्यामेराले नम्बर प्लेटको तस्बिर लिन्छ, तर त्यो तस्बिरलाई पढ्ने, बुझ्ने, र काममा लगाउने काम सफ्टवेयरले गर्छ। सफ्टवेयरलाई काममा लगाउनु अघि विशेष रूपमा ट्रेन गर्नुपर्छ, नेपाली नम्बर प्लेटबाट नम्बर पढ्न सक्ने बनाउन नेपालको नम्बर प्लेटको डिजाइन, Font, र ढाँचा सफ्टवेयरलाई सिकाउनु पर्छ।
