चिना (Horoscope) लाई ‘बहु-सर्तगत भुलभुलैया’ (Multi-Conditional Maze) वा ‘प्रोग्रामिङ फ्लोचार्ट’ सँग तुलना गरेर हेर्दा !


माथि दुईवटा चित्रहरू छन्, एउटा Multi Conditional Flowchart हो भने अर्को बहु-सर्तगत भुलभुलैया हो। चिना भनेको Computer Programmer ले बुझ्ने Multi Conditional Flowchart वा हामी सबैले बुझ्ने बहु-सर्तगत भुलभुलैया जस्तै हो। हुबहु उस्तै चिना हुनेहरू सबैले समान भुलभुलैया पाउँछन्। प्रवेश द्वार एउटै भएपनि भुलभुलैया भित्र धेरै बाटोहरू, धेरै सर्तहरू,  सर्तमा चयन भएका बिकल्प अनुसारका फरक फरक बाटोहरु, बाटोमा अघि बढ्दै गर्दा चुनौति र अवसरहरु, र बाहिरिने द्वारहरू हुन्छन्। भुलभुलैया भित्रका सर्तहरू तथा बाटाहरू मध्ये कुन चयन भयो भन्ने कुरा उक्त जातकको कर्ममा भर पर्छ। आयु गर्भमै तोकिएको भएपनि बाहिरिने द्वार कुन र कस्तो पर्छ भन्ने कुरा जातकको कर्ममा समेत भर पर्छ।

जन्मनु भनेको प्रवेश द्वार हुँदै भुलभुलैया भित्र पुग्नु हो। भुलभुलैया भित्र प्रवेश भैसकेपछि प्रवेश द्वार सदाका लागि बन्द हुन्छ। भुलभुलैया भित्रको जीवनको आरोह-अवरोह यात्रामा चुनौती संग लड्दै र अवसर संग खेल्दै गर्दा सबै जना ढिलो वा चाडो बाहिरिने द्वार सम्म पुग्छन्। बाहिरिने द्वार सम्म पुग्नु भनेको आफूले पाएको आयुको यात्रा पुरा भई मृत्यु प्राप्त गर्न तयार हुनु हो। जन्म नहुँदै कोखमै बित्नेहरूको कुण्डली बन्दैन किनभने उनीहरू भुलभुलैया भित्र प्रवेश नगरी बाहिरिएका हुन्छन्।

आफ्नो भुलभुलैयाको बाहिरिने द्वारहरू मध्ये कुनै द्वार अन्य व्यक्तिले पाएको भुलभुलैयाको बाहिरिने द्वारहरू संग जोडिएको हुन सक्छ। त्यस्तो द्वारमा पुग्नेहरू सार्वजनिक सवारी दुर्घटना, भागदौड, प्राकृतिक विपद वा महामारी आदिमा सामुहिक मृत्यु प्राप्त गर्छन्। सामुहिक मृत्यु हुनेहरू सबैको कुण्डली हुबहु हुँदैन तरपनि उनीहरूले कर्म र छनोट गरेको सर्त अनुसार बाहिरिने द्वार उही बिन्दुमा पर्न गएको हो।

मृत्यु भनेको प्रकृतिको एक अटल नियम हो, जसलाई टार्न सम्भव छैन। जातकको आयु गर्भमै तय भैसकेको हुन्छ। भुलभुलैयामा बाहिरिने द्वार जस्तै देखिने एउटा विशेष द्वार पनि हुन्छ तर उक्त द्वारमा सबै पुग्दैनन्। उक्त द्वारमा पुग्नका लागि विशेष सर्तहरू पुरा भएको हुनुपर्छ। अटल भक्ति, साधना, आराधना, तपस्या, सत्कर्म आदिबाट सिमित व्यक्तिहरू मात्र त्यो द्वार सम्म पुग्न सक्छन्। भन्नुको अर्थ गर्भमै तोकिएको आयु, दुर्घटना, न्यून-भाग्य आदि जस्ता कुराहरू पनि आध्यात्मिक कर्म वा सत्कर्म द्वारा परिमार्जन हुनसक्छ। जसको ज्वलन्त उदाहरणको रूपमा मार्कण्डेय ऋषि को कथा प्रचलित छ।

सिद्धान्त ज्योतिषको ज्ञानले जातक जन्मेको स्थानबाट, जातकको जन्म मिति र समयमा आकाशमा देखिएको नवग्रहहरूको स्थिति (अर्थात स्केच) तयार गरि नवग्रहहरूको स्थितिको आधारमा जातकको चिना बनाई फलित ज्योतिषको ज्ञानबाट भुलभुलैया(अर्थात चिना) पढ्न सक्ने व्यक्ति ज्योतिषी हो। चिना हेराउन आएको जातक भुलभुलैयामा कहाँ पुग्यो भन्ने कुरा ज्योतिषीले जातकलाई जन्मपछी हालसम्म भएका मुख्यमुख्य घटनाक्रम सोधेर पत्ता लगाउने गर्छन । दोबाटो र चोकहरु आउदा कतातिरको बाटो रोज्ने, अगाडी कुन सर्त आउदै छ, कुन विकल्प रोज्ने, अगाडी कुन कुन चुनौती र अवसर छन्, चुनौती संग कसरि लड्ने, अवसरको कसरि सदुपयोग गर्ने, कहिले बिबाह गर्ने, कुन मुहुर्तंमा के कस्ता कार्य थालनी गर्ने, कुन व्यवसाय फाप्छ, कुन बिषय पढ्ने, कहानेर खड्गो या दुर्घटना छ, खड्गो या दुर्घटनालाई कसरि कम गर्ने या टार्ने आदि जस्ता कुराको ज्योतिषीले परामर्श दिन सक्छन । त्यस्तै भुलभुलैयाको यात्रामा सर्त आउदा गलत बिकल्प रोजेको कारण या अफ्ठेरो बाटो तर्फ अघि बढेको कारण या अगाडी तर्फ कुनै पनि बाटो सजिलो नभएको कारण पिडित भएको जातकलाई कुन ग्रहको शान्ति गर्ने, कुन मन्त्र कति पटक जाप गर्ने, के दान गर्ने, अनि कसरि सामना गर्ने जस्ता कुरा पनि ज्योतिषीले बताउन सक्छन ।

चुनाबको बेला कुन पार्टीले जित्छ भन्ने कुरा हार र जितको मैदानमा उत्रिएका पार्टीहरुको नेतृत्व कर्ताहरुको कुण्डली हेरेर मात्र थाहा हुदैन, उसले कस्तो कर्म गरेको थियो, अहिले कस्तो कर्म गरिरहेको छ, पार्टीमा आबद्ध अन्य मुख्य व्यक्तिहरु कस्ता छन्, आदि जस्ता सबै विषय केलाउनु पर्छ । त्यस्तै

दूरदराजमा पनि प्रतिभा र कला भएका ब्यतिहरु छन्, The Voice of Nepal, Comedy Champion, कौन बनेगा करोडपति, Indian Idol, Nepal Idol, खेलकुल प्रतियोगिता आदि जस्ता प्रतियोगितामा उनीहरुको पनि विजय हासिल गर्ने योग बनेको हुनसक्छ, कुण्डलीमा योग बन्दैमा विजय पाइदैन, सम्बधित प्रतियोगिताको मैदानमा उत्रने कर्म या साहस गरिएन भने भएको शुभत्व पनि गुम्छ । गृहमन्त्रि बन्ने सक्ने बलिलो कुण्डली भएका ब्यतिहरु धेरै होलान तर उक्त पदको लागि क-कसले दाबि या आबेदन पेश गरेको छ उनीहरुको कुण्डली मात्र केलाउनु पर्छ ।  

 कुण्डली हुबहु उस्तै हुनेहरुको भाग्य किन समान नभएको होला, कुण्डली हुबहु भएरपनि कसैको बिहे छिटो कसैको बिहे ढिलो किन भयो होला, एउटा धनि अर्को गरिब किन? प्रचण्डको जस्तै हुबहु चिना हुने अन्य ब्यक्तिहरू किन प्रधानमन्त्रि नभएका होलान? आदि जस्ता जिज्ञासाको उत्तर पनि माथि नै खुलिसकेको छ, यसमा कर्म नै प्रधान हुन्छ । मानौ कुण्डलीमा राजयोग, धर्म-कर्माधिपति योग या पंचमहापुरुष योग देखियो, यी योग अनुसार व्यक्तिले उच्च पद र प्रतिष्ठा प्राप्त गर्नु पर्ने हो तर उसले राजनीति या सरकारी सेवा गर्नुको सट्टा मासु बेच्ने व्यवसाय रोज्यो भने भुलभुलैयामा छनोट गरेको सर्त अनुसार उक्त व्यक्ति उच्च पद र प्रतिष्ठा प्राप्त गर्न बाट बन्चित भयो ।

सम्बन्धित खबर

चिना (Horoscope) लाई ‘बहु-सर्तगत भुलभुलैया’ (Multi-Conditional Maze) वा ‘प्रोग्रामिङ फ्लोचार्ट’ सँग तुलना गरेर हेर्दा !

माथि दुईवटा चित्रहरू छन्, एउटा Multi Conditional Flowchart हो भने अर्को बहु-सर्तगत भुलभुलैया हो। चिना भनेको Computer Programmer ले बुझ्ने Multi Conditional Flowchart वा हामी

Read More »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.